नबिल बैंकको नाफा ३ अर्ब ६७ करोड, अन्य सुचक कस्तो छ ?
काठमाडौं । नबिल बैंक लिमिटेड ले चालु आर्थिक वर्षको चैत मसान्त्सम्ममा ३ अर्ब ६७ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा गत वर्षको तुलनामा १६.५० प्रतिशतले बढेको छ ।
त्यस्तैगरी बैंकको समीक्षा अवधिमा खुद ब्याज आम्दानी ५.०९ प्रतिशतले ओरालो लागेको छ । बैंकको खुद फि तथा कमिशन आम्दानी भने १९.८९ प्रतिशतले बढेको छ । त्यसैगरी, समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा १६.३७ प्रतिशत बढेको छ । भने अन्य सञ्चालन आम्दानी ३५ करोडबाट बढेर १ अर्ब ५ करोड पुगेको छ ।
खुद नाफामा सामान्य उकालो लागेपनि प्रतिशेयर आम्दानी घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ९ रुपैयाँ ३४ पैसा घटेर ३६ रुपैयाँ ४० पैसामा सीमित भएको छ । चैत मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ३७.९१ गुणा रहेको छ ।
बैंकको वितरण योग्य मुनाफा ३ अर्ब ८० करोड २४ लाख रुपैयाँ पुगेको छ । चुक्ता पूँजी ३३.५० प्रतिशतले उकालो लागेको छ ।














