एनएमबि बैंकको नाफामा ८७ प्रतिशतले छलाङ, प्रतिशेयर आम्दानि कति ?
कठमाडौं । एनएमबि बैंकको खुद नाफा ८७ प्रतिशतले बढेको छ । एनएमबि बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत वषको सोही अवधीमा १ अर्ब ३३ करोड रुपैयाँ नाफा कमाएको थियो । यो गत बर्षको तुलनामा ८७ प्रतिशत बढि हो ।
त्यस्तैगरी यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.३१ प्रतिशतले बढेको छ । ०.३१ प्रतिशतले बढेर खुद ब्याज आम्दानी ४ अर्ब ३० करोड पुगेको छ । त्यसैगरी सञ्चालन नाफा ८६.७८ प्रतिशतले बढेको छ ।
बैंकको प्रतिशेयर आम्दानी ११ रुपैयाँबाट बढेर २० रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ १६२ रुपैयाँ रहेको छ ।
बैंकको चुक्ता पूँजी १६ अर्ब ३२ करोड रुपैयाँ रहेको छ । बैंकको जगेडामा ४ अर्ब ४८ करोड रुपैयाँ छ । बैंकको कर्जा लगानी २८ प्रतिशतले उकालो लागेको छ ।














