रेमिट्यान्स कम्पनीमा एक चौथाइभन्दा कम कर्मचारीमात्रै खटाउन राष्ट्र बैंकको निर्देशन « Arthapath.com
१९ बैशाख २०७८, आईतवार

रेमिट्यान्स कम्पनीमा एक चौथाइभन्दा कम कर्मचारीमात्रै खटाउन राष्ट्र बैंकको निर्देशन



काठमाडौं । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले रेमिट्यान्स कम्पनीहरुलाई एक चौथाइभन्दा कम कर्मचारीमात्रै कार्यालय बोलाउन निर्देशन दिएको छ । कोभीड १९ को नयाँ भेरियण्ट निकै संक्रामक रुपमा फैलिएको र जनस्वास्थ्य जोखिम बढेको भन्दै यस्तो निर्देशन दिएको हो ।

आइतवार एक सूचना प्रकाशित गर्दै विभागले कार्यालय नपुगि नहुने काममा मात्रै २५ प्रतिशत कर्मचारी खटाउन र बाँकी काम घरबाटै गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । यसका साथै धेरै जसो रेमिट्यान्स कारोबारको काममा ग्राहकलाई प्रत्यक्ष भेट्ने भन्दा पनि अनलाइन प्रणालीबाटै सम्पादन गर्ने व्यवसथा मिलाउन पनि राष्ट्र बैंकले भनेको छ ।

यसका लागि आवस्यक अनलाइन प्रणालीको व्यवस्थापन गर्ने र अनलाइन कारोबारका कारण हुनसक्ने जोखिम घटाउन पनि कम्पनीहरुले पर्याप्त ध्यान दिनुपर्ने निर्देशनमा उल्लेख छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्