७५ हजार जनसंख्या भएको क्यारेबियन टापु राष्ट्रसँग नेपालको कूटनीतिक सम्बन्ध, के विदेशी लगानी अझै बढ्ला ? « Arthapath.com
१९ बैशाख २०७८, आईतवार

७५ हजार जनसंख्या भएको क्यारेबियन टापु राष्ट्रसँग नेपालको कूटनीतिक सम्बन्ध, के विदेशी लगानी अझै बढ्ला ?



काठमाडौं । ‘ट्याक्स हेभन’ भनिने क्यारेबियन समुद्रका स-साना टापु राष्ट्रबाट नेपालमा विदेशी लगानी भित्रिएको आश्चर्यलाग्दा खबरहरु सार्वजनिक भइरहँदा नेपालको कूटनीतिक विस्तार पनि त्यतैतिर आकर्षित भएको छ । नेपालले गत शुक्रवारमात्रै क्यारेबियन सागरको अर्को एउटा सानो टापु राष्ट्र ‘कमनवेल्थ अफ डोमिनिका’सँग नेपालले कूटनीतिक सम्बन्ध स्थापित गरेको छ ।

संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले डोमिनिकासँगको कूटानीतिक सम्बन्ध स्थापित गरेको जानकारी सामुहिक पत्रमार्फत् संयुक्त राष्ट्रसंघका महासचिव एण्टोनियो गोतरेजलाई गराइसकेको बताएको छ ।

राष्ट्रसंघीय स्थायी नियोगका नेपाली स्थायी प्रतिनिधी अमृतबहादुर राई र उनका डोमिनिकन समकक्षी लोरीन रुथ बेनिस रोबटले शुक्रवार विहान दुईपक्षीय कूटानीतिक सम्झौतामा हस्ताक्षेर गरेका छन् । यससँगै नेपालको कूटनीतिक सम्बन्ध स्थापित मुलुकको संख्या १६९ पुगेको छ । संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रको संख्या भने १९३ छ । अब २३ वटा मुलुकमात्रै नेपालसँग दुईपक्षीय कूटानीतिक सम्बन्ध बाहिर छन् ।

भेनेजुयलादेखि उत्तरपूर्वी क्यारेबियन सागरमा अवस्थित यो सानो पहाडी मुलुक ७५० वर्ष किलोमिटरमा फैलिएको छ । १८ डिसेम्बर १९७८ देखि संयुक्त राष्ट्र संघको सदस्य रहेको यो मुलुक जी७७ र असंलग्न आन्दोलनमार्फत् अन्तरराष्ट्रिय मञ्चमा नेपालसँगै साझेदारी गर्दे आएको छ । यो फुच्चे देशको जनसंख्या अहिले करीब ७५ हजारजति रहेको अनुमान छ ।

यो मुलुकको अन्तरराष्ट्रिय ख्याति भने नेपालभन्दा निकै राम्रो छ । डोमिनिकन पासपोर्टलाई संसारका १३७ मुलुकमा अनअराइभल सुविधा दिइएको छ । यो टापु सन् १७१५ देखि १७६३ सम्म फ्रान्सको उपनिवेश थियो । सात वर्ष लामो युद्धपश्चात् फ्रान्सको हातबाट खोसेर ब्रिटेनले यसलाई दुई सय वर्षभन्दा बढी समय आफ्नो उपनिवेश बनायो । सन् १९७८ मा मात्रै यो टापु ब्रिटिश उपनिवेशबाट स्वतन्त्र भएको थियो ।

Tags :

प्रतिक्रिया दिनुहोस्