रिलायन्स लाइफको नाफा ६ करोड ५८ लाख नाफा कमायो, अन्य सुचक कस्तो छ ? « Arthapath.com
२० बैशाख २०७८, सोमबार

रिलायन्स लाइफको नाफा ६ करोड ५८ लाख नाफा कमायो, अन्य सुचक कस्तो छ ?



काठमाडौं । रिलायन्स लाइफको खुद नाफा ६ करोड ५८ लाख नाफा कमाएको छ । कम्पनिले गत आर्थिक वर्षको सोही अवधिसम्ममा ६ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा ७ दशमलव २८ प्रतिशतले बढेको छ ।

कम्पनिले सार्वजनिक गरेकोे चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनिको अन्य सुचक पनि सकारात्मक रहेको छ ।कम्पनिले चालु आर्थिक वर्षको तेस्रोे त्रैमासमा १ अर्ब ८४ करोड ४९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको तुलनामा १३१।४२ प्रतिशतले बढेको हो । कम्पनिले गत आर्थिक वर्ष ७९ करोड ७१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

त्यस्तै कम्पनिले २१ करोड ४८ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षकोे सोही अवधिमा कम्पनीले ९१ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ १८ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १ सय १० रुपैयाँ ८८ पैसा रहेको छ । कम्पनीको मुल्य आम्दानी अनुपात १७४.०८ गुणा रहेको छ ।

त्यस्तै २कम्पनिको चुक्ता पूँजी अर्ब १० करोड रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा २० करोड ५७ लाख रुपैयाँ संचिती रहेको छ । जीवन बीमा कोषमा २ अर्ब २६ करोड रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्