कारोबार खुलेको १० मिनेटमै नेप्सेमा १ प्रतिशतको बृद्धि, लकडाउनले नयाँ कीर्तिमानीतर्फ सेयर बजार « Arthapath.com
२० बैशाख २०७८, सोमबार

कारोबार खुलेको १० मिनेटमै नेप्सेमा १ प्रतिशतको बृद्धि, लकडाउनले नयाँ कीर्तिमानीतर्फ सेयर बजार



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार खुलेको १० मिनेटमै परिसूचक १ प्रतिशतभन्दा धेरै अन्तरले बढेको छ । करीब २८ अंक बढेपछि नेप्से २६ सय ९३ अंकमा उक्लिएको छ ।

बैंक तथा वित्तीय संस्थाको तेस्रो त्रैमासिक प्रतिवेदनले सेयर बजारमा ऊर्जा थपेको देखिएको छ । बैंकहरुले अधिकतरलता देखाएर निक्षेपको ब्याजदरमा भारी कटौति गरेपछि सबैजसो बैंकको आधारदर घटेको छ । यसले ऋणको ब्याजदर सस्तो हुनसक्ने र कोरोना महामारीका कारण अन्य व्यवसायिक क्षेत्रमा ऋण प्रवाह घट्ने देखेपछि सेयर बजार नै धेरैको लगानी गन्तव्य भएको छ ।

गत वर्ष पनि आयात निर्यातर र औद्योगिक उत्पादन तथा पर्यटन क्षेत्रका ठूला व्यवसायीले बन्दाबन्दीका कारण व्यवसायमा परेको घाटा व्यवस्थापन गर्न सेयर बजारको उपयोग गरेका थिए । सेयर बजार निरन्तर उकालो लागेपछि व्यवसायीहरुलाई चालु पूँजी जुटाउन सहज भएको थियो । यो वर्ष पनि सरकारले निषेधाज्ञा जारी गरिसकेको र संक्रमणको दर पहिलेभन्दा निकै उच्च भएपछि सेयर बजारले नयाँ उचाइ लिने आशा गरिएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्