कोरोनाकालमा डिजिटल बैंकिङको प्रयोग गर्न विकास बैंक संघको आग्रह « Arthapath.com
२० बैशाख २०७८, सोमबार

कोरोनाकालमा डिजिटल बैंकिङको प्रयोग गर्न विकास बैंक संघको आग्रह



काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को दोस्रो लहर विश्वव्यापी रुपमा फैलिरहेको बेला नेपालमा पनि संक्रमण निकै तीव्र दरमा बढेपछि डेभेलपमेण्ट बैकर्स एशोसियशनले विद्युतीय कारोबारमा केन्द्रित हुन आग्रह गरेको छ । सोमवार १२ बूँदे विज्ञप्ती जारी गर्दै एशोसियशनले आफ्ना ग्राहकलाई यस्तो आग्रह गरेको हो ।

निषेधाज्ञासँगै मानिसहरुलाई आफ्नो सम्पत्ती जगेडा राख्ने थलोको रुपमा रहेका बैंकहरुसँग कसरी कारोबार सुचारु गर्ने भन्ने चिन्ता सबैभन्दा बढी हुने गरेको छ । यस्तो बेला विकास बैंकहरुले सेवा प्रदान गर्न खोलिने शाखा/बैकल्पिक शाखाहरुको सूची र बैंकिङ समयसमेत उल्लेख गरेर प्रत्येक दिन बैंकको वेभसाइट र शाखाका मूल ढोकामा प्रकाशित गर्ने व्यवस्था मिलाउने भएका छन् ।

अब बैंकको वेवसाइट हेरेर कुन दिन कुन शाखा कतिबजेसम्म खुल्छ भनेर थाहा पाउन सकिने छ । त्यस्तै बैंकको प्रधान कार्यालय र शाखाहरुमा ग्राहकले केही समस्या वा गुनासो गर्नुपरेमा त्यस्तो गुनासो सुन्ने सम्पर्क व्यक्तिको जानकारी, फोन नम्बर र इमेल ठेगाना पनि बैंकको वेवसाइटमै उपलब्ध हुनेछ ।

सबै विकास बैंकले प्रधान कार्यालयमा २ जना वरिष्ठ पदाधिकारीलाई सम्पर्क व्यक्ति तोकेका छन् । उनीहरुलाई सिधै सम्पर्क गरेर पनि गुनासो र समस्या व्यक्त गर्न सकिने छ । एशोसियशनले ग्राहकलाई डिजिटल बैंकिङ प्रडक्टबाट कारोवार गर्न उत्प्रेरित गर्ने निणर्य पनि गरेको छ । डिजिटल बैंकिङ प्रडक्टबाट गरिने बैंकिङ कारोवारका प्रकृया र अपनाउनु पर्ने साबधानीका बारेमा सचेत हुन पनि ग्राहकलाई एशोसियशनले आग्रह गरेको छ ।

डिजिटल बैंकिङ प्रडक्टबाट कारोवार गर्दा जोखिम पनि बढ्ने भएकाले त्यस्तो जोखिम न्यूनिकरणका उपाय अवलम्बन गर्न सदस्य बैंकहरुलाई आग्रग गरिएको एशोसियशन अध्यक्ष प्रद्युमन पोखरेलले जानकारी दिए ।

Tags :

प्रतिक्रिया दिनुहोस्