जनगणनाको कार्य अनिश्चित कालका लागि स्थगित गर्ने सरकारको निणर्य « Arthapath.com
२० बैशाख २०७८, सोमबार

जनगणनाको कार्य अनिश्चित कालका लागि स्थगित गर्ने सरकारको निणर्य



काठमाडौं । हिजो आइतवार बसेको मन्त्री परिषद बैठकले जनगणनाको काम अर्को निणर्य नभएसम्मका लागि स्थगित निणर्य गरेको छ । केन्द्रिय तथ्यांक विभागले १२ औं राष्ट्रिय जनगणनाको तथ्यांक संकलन २५ जेठदेखि ८ असारसम्म गर्ने योजनाका साथ काम अघि बढाएको थियो ।

सोही अनुरुप विभिन्न जिल्लामा जनगणनामा सहभागि हुने कर्मचारीको छनोट र सुपरिवेक्षकको तालिमका कार्यक्रम अघि बढेका थिए । सोमवार विहानसम्म तथ्यांक विभागमा यससम्बन्धी लिखिन जानकारी प्राप्त नभए पनि जनगणना स्थगित गरेको जानकारी पाइएको विभागका अधिकारीले पनि पुष्टि गरेका छन् ।

नेपालमा विसं १९६८ देखि जनगणना सुरु भएको हो । जनगणना हरेक १० वर्षमा गर्ने गरिएको छ । कोभीड १९ को महामारी मत्थर नभएसम्म यस वर्षको जनगणना अघि बढ्ने संभावना कमजोर भएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्