अत्यावस्यक वस्तुको ढुवानीका लागि खुकुलो नीति, आफैंले लेखेको पत्र र आईडीकार्ड भए पुग्ने « Arthapath.com
२० बैशाख २०७८, सोमबार

अत्यावस्यक वस्तुको ढुवानीका लागि खुकुलो नीति, आफैंले लेखेको पत्र र आईडीकार्ड भए पुग्ने



काठमाडौं । दैनिक अत्यावस्यक उपभोग्य खाद्य वस्तुको ढुवानीका लागि सहज हुने भएको छ । कोरोना भाइरस संक्रमणका कारण विभिन्न जिल्लामा त्यहाँको जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गर्न थालेपछि यस्ता उपभोग्व वस्तुको ढुवानीमा कठीनाइ भएको थियो ।

अब यस्ता अत्यावस्यक र उपभोग्य वस्तुको आयात, ढुवानी, भण्डारण र वितरण गर्ने कम्पनी वा फर्महरुले औपचारिक पत्रमार्फत् सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनु पर्ने छ । त्यस्तो निवेदनमा अत्यावस्यक वस्तुको ढुवानीमा प्रयोग हुने सवारीसाधनको नम्बर, त्यसको किसिम र सम्बन्धित कामदार कर्मचारीको नाम, ठेगान र मोबाइल नम्बर उल्लेख गर्नुपर्ने छ ।

यस्तै विवरणको पत्र आफ्नो उद्योग, कम्पनी वा फार्म आबद्ध रहेको छाता संस्था (उद्योग बाणिज्य महासंघ वा विषयगत संघहरु)को प्रमुखलाई पनि बुझाउनु पर्ने छ । यस्ता पत्र विद्युतीय माध्यमबाट प्रेषित गर्न सकिने र ती पत्रको नक्कल कपि सवारीचालकले साथमै राखेर हिँड्नुपर्ने व्यवस्था गरिएको छ । यसका साथै सवारी साधनको अघिल्तिर ढुवानी सेवाको ब्यानर टाँस्नुपर्ने चालक कामदार कर्मचारीले आफ्नो व्यक्तिगत परिचयपत्र पनि साथमै बोकेर हिँड्नुपर्ने व्यवस्था भएको छ ।

यस्ता सवारीसाधनमा सवारी चालक र प्रमाणित कामदार कर्मचारीभन्दा बाहेकका मान्छे बोक्न नपाइने व्यवस्था गरिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बताएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्