हिमालयन जनरल इन्स्योरेन्सको नाफा २८ प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानि कति ? « Arthapath.com
२२ बैशाख २०७८, बुधबार

हिमालयन जनरल इन्स्योरेन्सको नाफा २८ प्रतिशतले घट्यो, प्रतिशेयर आम्दानि कति ?



काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सले २१ करोड ६३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत आर्थिक बर्षले इन्स्यनेरेन्सले १८ करोड ५१ लाखरुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । यो गत वर्षको तुलनामा १७ प्रतिशतले बढेको हो ।

कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक बर्षको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार बीमाशुल्क आर्जन बढेपनि नाफा भने ओरालो लागेको छ । इन्स्योरेन्सको नाफा २८ प्रतिशतले घटेको छ ।

इन्स्योरेन्सले ९ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनिले गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ११ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यो गत आर्थिक बर्षको तुलनामा २८ प्रतिशतले घटेको हो ।

त्यस्तै कम्पनिले आर्थिक वर्षको चैत मसान्तसम्ममा ५ हजार ६८४ बीमा दाबीवापत १ अर्ब ५४ करोड ८८ लाख ८३ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । त्यस्तै कम्पनिले २ हजार ६०२ बीमा दाबी वापत ५४ करोड ७४ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ३६ पैसा, प्रतिशेयर नेटवर्थ १ सय ८८ रुपैयाँ ४८ पैसा रहेको छ ।

हल कम्पनिको चुक्ता पूँजी १ अर्ब ६ करोड ८२ लाख ८८ हजार रुपैयाँ रहेको छ । जगेडा कोषमा २८ करोड ६६ लाख ३० हजार रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्