बुधबार एकै दिन ५८ जनाको ज्यान गयो, ८ हजार ६५९ जनामा कोरोना « Arthapath.com
२२ बैशाख २०७८, बुधबार

बुधबार एकै दिन ५८ जनाको ज्यान गयो, ८ हजार ६५९ जनामा कोरोना



काठमाडौं । बुधबार पछिल्लो २४ घण्टामा हालसम्मकै उच्च ८ हजार ६ सय ५९ जनामा कोरोना संक्रमण देखिएको छ । यो संगै कोरोनबाट ज्यान गुमाउनेको संख्या ३ लाख ५९ हजार ६ सय १० पुगेको छ ।

आज २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८६५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै गरि पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ। यो एकै दिन ज्यान गुमाउनेहरुको संख्या पनि हालसम्मकै उच्च हो। यो संगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ४ सय ७५ पुगेको छ ।

त्यसैगरी हाल देशभर ६६ हजार ३५२ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये ६१ हजार ५८८ जना होम आइसोलेसनमा र ४ हजार ७६४ जना संस्थागत आइसोलेसनमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

गत २४ घण्टामा १ हजार ९ सय ९३ जना निको भएका छन । यो संगै कोरोना संक्रमण निको हुनेको संख्या २ लाख ८९ हजार ७ सय ८३ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्