२२ बैशाख २०७८, बुधबार

विवाहमा दुईवटा गाडी र १५ जना जन्ती मात्र लैजान पाइने



काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञाको समय विवाहमा १५ जना व्यक्ति र २ वटा गाडी प्रयोग गर्न पाउने जनाएको छ । आज जिल्ला प्रशासन कार्यालयले एक सुचना जारी गदै विवाह ब्रतबन्धजस्ता संस्कारमा १५ जना व्यक्ति र २ वटा गाडीमा ब्यानर राखेर जिल्लाभित्र र वा अन्तर जिल्ला आवतजावत गर्न सक्ने जानकारी दिएको छ ।

त्यस्तै मृत्यु संस्कारका लागि सवारी पास लिन मृत्यु दर्ता प्रमाणपत्र वा सम्बन्धित वडाको सिफारिस र परिचय खुल्ने कागजात चाहिने प्रशासन कार्यालयले जनाएको छ ।बिरामी वा कुरुवालाई भने अस्पतालको भर्ना कार्ड वा रिपोर्ट कार्डको आधारमा आवतजावत गर्न दिने भएको छ । बिरामी भई काठमाडौं आउन वा बाहिर जान रिपोर्ट कार्ड वा भर्ना कार्ड चाहिनेछ ।

हाल कोरोना संक्रमणको दोस्रो लहर नियन्त्रणका लागि उपत्यकामा १६ गते विहान देखि निषेधाज्ञा जारी छ । प्रशासन कार्यालयले दोस्रो पटक हिजो वैशाख २२ गतेदेखि २९ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ ।
त्यसैगरी सुरक्षा गार्डहरुले परिचयपत्र देखाएर र पोशाक लगाएर हिँडडुल गर्न पाउने उक्त सुचनामा उल्लेख गरिएको छ ।

यस्तो छ जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको सुचना :


प्रतिक्रिया दिनुहोस्