प्रभु इन्स्योरेन्सको सेयरमूल्य समायोजन, यस्तो छ समायोजित मूल्य « Arthapath.com
२४ बैशाख २०७८, शुक्रबार

प्रभु इन्स्योरेन्सको सेयरमूल्य समायोजन, यस्तो छ समायोजित मूल्य



कठमाडौं । प्रभु इन्स्योरेन्सको सेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको १० प्रतिशत बोनस सेयर पश्चात प्रतिकित्ता ८ सय ८४ रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हो । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ९ सय ७२ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

प्रभु इन्स्योरेन्स कम्पनीले २५ औँ वार्षिक साधारण सभा जेठ ६ गते बोलाएको छ । सभामा गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका शेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद गरि कूल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्