ग्लोबल आइएमई बैंकको स्वामित्वमा रहेको ८१ हजार ५०० कित्ताका लागि आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । फस्र्ट माइक्रोफाइनान्सको सेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ । ग्लोबल आइएमई बैंकको स्वामित्वमा रहेको फस्र्ट माइक्रोफाइनान्सको ८१ हजार ५०० कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्दि दिन रहेको छ ।
संस्थाको सेयरमा आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । उक्त सेयरमा न्यूनतम ३०० रुपैयाँ मूल्य राखेर न्यूनतम मूल्य आधार मानेर वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।
यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १०० कित्ता अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् । लिलामीको बोलपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, नक्साल काठमाडौंमा बुझाउन सकिनेछ ।