युनियन लाइफको नाफामा गिरावट आउँदा बीमा शुल्क ५ अर्ब ५ करोड, अन्य विवरण कस्तो छ ? « Arthapath.com
२७ बैशाख २०७८, सोमबार

युनियन लाइफको नाफामा गिरावट आउँदा बीमा शुल्क ५ अर्ब ५ करोड, अन्य विवरण कस्तो छ ?



काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा ५ अर्ब ५ करोड ५१ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ३ अर्ब १७ करोड १४ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो । यो गत आर्थिक वर्षको तुलानामा ५९.४० प्रतिशत बढी हो ।

त्यस्तै, यस अवधिमा कम्पनीको खुद नाफा ७.५६ प्रतिशतले घटेर ८ करोड २५ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ८ करोड ९२ लाख ५९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

त्यस्तै, यस अवधिमा कम्पनीको चुक्ता पूँजी १ अर्ब ५० करोड ५० लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा ६५.५० प्रतिशत बढेर ७३ करोड ७ लाख रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा जगेडा कोषमा ४४ करोड १५ लाख २० हजार रुपैयाँ रहेको थियो । त्यस्तै, यस अवधिमा कम्पनीको जीवन बीमा कोष ८७.२३ प्रतिशतले बढेर ६ अर्ब ९० करोड २ लाख रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा जीवन बीमा कोषमा ३ अर्ब ६८ करोड ५४ लाख २२ हजार रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीले ३४ हजार ८४० वटा बीमालेख जारी गरि कूल बीमा शुल्क ५ अर्ब २४ करोड १६ लाख रुपैयाँ आर्जन गरेको छ । त्यस्तै कम्पनीले ५९३ वटा दाबी वापत १ अर्ब ४५ करोड ९७ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्