मौद्रिक नीतिमा नयाँ व्यवस्था के के हुन् ? किस्ताको हर्जना छुटदेखि सेयर कर्जामा निरन्तरतासम्म « Arthapath.com
४ जेष्ठ २०७८, मंगलवार

मौद्रिक नीतिमा नयाँ व्यवस्था के के हुन् ? किस्ताको हर्जना छुटदेखि सेयर कर्जामा निरन्तरतासम्म



काठमाडौं । नेपाल राष्ट्र बैंकले यो आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो पटक समीक्षा गरेको छ । अर्थतन्त्रमा हुने फेरबदललाई नियाल्न र आवस्यक नीतिगत परिवर्तन गर्न केन्द्रिय बैंकले हरेक तीन महिनामा यस्तो समीक्षा गर्ने गर्छ । तेस्रो संशोधनले केही नयाँ व्यवस्थाहरु गरेको छ । ती नीतिगत परिवर्तनको सार संक्षेप यस्तो छ:

१. हाल सञ्चालनमा रहेका स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई अक्सिजन प्लाण्ट स्थापना गर्न ऋण मागेमा बैंक तथा वित्तीय संस्थाले आधार दरमै कर्जा उपलब्ध गराउनु पर्ने भएको छ । यसो गर्दा साधारण ब्याजदरभन्दा २–३ प्रतिशत सस्तोमै ऋण पाइने छ । यस्तो ऋण २० करोड रुपैयाँसम्म पाइन्छ । लिक्विड अक्सिजन प्लाण्ट स्थापना गर्ने हो भने ५० क करोडसम्म ऋण पाइने भएको छ ।

२. निषेधाज्ञा अवधिभर ऋण तिर्न नसकेका ग्राहकले बैंकलाई कुनै पनि हर्जना वा अतिरिक्त शुल्क तिर्नुपर्ने छैन । बरु निषेधाज्ञाकै बखत बैंकको किस्ता वा व्याज तिर्ने ऋणीले ब्याजछुट पाउने संभावना रहन्छ । यसबीचमा किस्ता तिर्न नसके पनि पत्रिकामा फोटो छापिने छैन । निषेधाज्ञा सकिएको एक महिनासम्म बैंकले ऋण अशूली र लिलामी सम्बन्धि सूचना छाप्न पाउने छैनन् ।

३. बैंक तथा वित्तीय संस्थाले निक्षेप र कर्जाको व्याजदर परिवर्तन गर्ने हो भने सम्बन्धित ग्राहकलाई विद्युतीय माध्यमबाट तत्काल खबर गर्नुपर्ने छ ।

४. अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्टे«टर, जीवन रक्षक खोप, औषधीको किन्न र वितरण गर्नमा बैंक तथा वित्तीय संस्थाले लगानी गर्नु पर्ने छ । राष्ट्रिय महत्वका आविष्कार केन्द्र तथा मानव सेवा जस्ता परोपकारी कार्यमा पनि बैंकले सामाजिक सुरक्षा कोषबाट खर्च खर्च गर्न सक्ने छन् । यसले महावीर पुनको राष्ट्रिय आविस्कार केन्द्रजस्ता वैज्ञानिक प्रतिष्ठानहरुलाई सहायता पुग्नसक्छ ।

५. शेयरको धितोमा प्रवाह हुने मार्जिन कर्जा अहिलेजस्तै सहज पाइने छ । यसको सीमा पनि पहिलेभन्दा घटबढ भएको छैन । तर, धितो सुरक्षणको हिसाब गर्दा ६ महिनाको औसत मूल्यलाई आधार मान्नुपर्ने भएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्