मुक्तिनाथ विकास बैंकले ल्यायो मिस्ड कल बैंकिङ्ग सेवा, कसरी लिने सेवा ?
काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले ग्राहकहरुको सुविधाको लागि मिस्ड कल बैंकिङ्ग (Missed Call Banking ) सेवा सञ्चालनमा ल्याएको छ ।
ग्राहकहरुले यस मिस्ड कल बैंकिङ्ग सेवाबाट बैंकको निक्षेप तथा कर्जा सम्बन्धी सेवाहरुको बारे सजिलै जानकारी लिन सक्नेछन् । यो सुविधा लिन ग्राहकहरुले निम्न मोबाइल नम्बरहरुमा बैंकको कार्यालय समय भित्र मिस्ड कल गर्नुपर्ने बैंकले जनाएको छ । र केहि समयमै बैंकबाट ग्राहकहरुको जिज्ञासाको लागि सोही नम्बरमा सम्पर्क गरिनेछ ।
जसका लागि निक्षेप संग सम्बन्धित सेवाको जानकारीका लागि ९८०१११००२२ र कर्जा संग सम्बन्धित सेवाको जानकारीका लागि ९८०१११००२३ कम्बरका मल गर्न सक्ने बैंकले जनाएको छ ।
यसै गरी डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न VISA Network अन्तर्गतको जुन सुकै बैंकको ATM बाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था रहेको छ ।














