नेपाललाई थप १० लाख डोज कोरोना खोप अनुदानमा दिने चिनियाँ राष्ट्रपतिको घोषणा « Arthapath.com
१२ जेष्ठ २०७८, बुधबार

नेपाललाई थप १० लाख डोज कोरोना खोप अनुदानमा दिने चिनियाँ राष्ट्रपतिको घोषणा



काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई थप १० लाख डोज कोरोना भाइरस विरुद्धको खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेका छन् । आज राष्ट्रपति विद्यादेवी भण्डारीसँगको टेलिफोन कुराकानीका क्रममा सीले यस्तो बताएका हुन् ।

राष्ट्रपति सीले भविष्यमा पनि कोरोना भाइरस विरुद्धको खोपका लागि नेपाललाई आफ्नो देशले उच्च प्राथमिकतामा राख्ने बताए । चीनले यस अघि पनि ८ लाख डोज खोप नेपाललाई अनुदानमा दिइसकेको छ । राष्ट्रपति भण्डारीले यसअघि दिएको खोप तथा अन्य उपचार सामाग्रीको सहायताका लागि चीनलाई विशेष धन्यवाद दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अमेरिकाले विश्व स्वास्थ्य संगठनको एउटा बैठकमा कोरोना भाइरसको उत्पत्तीबारे पारदर्शी छानबिन गर्न माग गरेको भोलिपल्ट चीनले नेपाललाई थप खोप अनुदानमा दिने घोषणा गरेको हो ।

Tags :

प्रतिक्रिया दिनुहोस्