पाँच पूर्व अर्थमन्त्रीहरुले भने, पूर्ण बजेट ल्याउन मिल्दैन « Arthapath.com
१३ जेष्ठ २०७८, बिहीबार

पाँच पूर्व अर्थमन्त्रीहरुले भने, पूर्ण बजेट ल्याउन मिल्दैन



काठमाडौं । पाँच जना पूर्व अर्थमन्त्रीहरुले वर्तमान अवस्थामा सरकारले संसद छलेर पूर्ण बजेट ल्यान नमिल्ने बताएका छन् । ‘पूर्वअर्थमन्त्री मञ्च’ नाम दिइएको उक्त समूहले यस्तो बुधबार एक बक्तव्यमार्फत् यस्तो धारणा राखेको हो ।

हाल संसद अधिवेशन सञ्चालनमा नरहेको, संसद पुनस्थापनाको मुद्दा अदालतमा विचाराधिन रहेको र अल्पमतको कामचलाउ सरकार कायम रहेको अवस्थामा पूणर् बजेट ल्याउन नमिल्ने उनीहरुले बताएका छन् ।

विश्वब्यापी मान्यता र प्रचलन अनुसार पनि यस्तो अवस्थामा सरकारले पूणर् बजेट ल्याउन नपाउने समूहको ठहर छ । अध्यादेशमार्फत् बजेट ल्याउनै पर्ने अवस्था भएमा नियमित खर्चमात्रै गर्नेगरी कामचलाउ बजेट ल्याउन मञ्चले आग्रह गरेको छ ।

बैठकमा कोरोना भाइरस महामारीले मुलुक आक्रान्त भएको बेला यसविरुद्धको खोप अभियानका लागि बजेटले मूल प्राथमिकता दिनुपर्ने भनेको छ । यसका साथै स्वास्थ्य पुर्वाधारको निर्माण, स्वास्थ्य सामाग्रिको उपलब्धता, स्वास्थ्यकर्मीको सुरक्षा एवम् सेवासुविधालाई बजेटले विशेष ध्यान दिनुपर्ने सुझाव पूर्वमन्त्रीहरुले दिएका छन् ।

कोभीड १९ का कारण अर्थतन्त्रका प्रभावित क्षेत्रलाई विशेष प्याकेजमार्फत् राहत दिने व्यवस्था गर्न पनि भनिएको छ । कोभीड प्रभावित विपन्न वर्ग, अपांगता भएका, असहाय तथा बेरोजगार जनतालाई सम्बोधन गर्नेगरी राहतका कार्यक्रम ल्याउन पनि मञ्चले सरकारलाई आग्रह गरेको छ ।

बैठकमा पूर्व अर्थमन्त्रीहरु डा. प्रकाशचन्द्र लोहनी, डा. रामशरण महत, कृष्णबहादुर महरा, सुरेन्द्र पाण्डे र वर्षमान पुन सहभागि थिए ।

Tags :

प्रतिक्रिया दिनुहोस्