आजदेखि अपि पावरको ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर बिक्री खुल्ला, आवेदन कसरी दिने ? « Arthapath.com
२० जेष्ठ २०७८, बिहीबार

आजदेखि अपि पावरको ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर बिक्री खुल्ला, आवेदन कसरी दिने ?



काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले आज (जेठ २० गते, बिहीबार) देखि हकप्रद सेयर बिक्री खुला गरिएको छ । कम्पनीले १ कित्ता बराबर ०.२९३८ कित्ता अनुपातमा हकप्रद सेयर बिक्री खुला गरिएको हो ।

कम्पनीको हाल कायम चुक्ता पूँजीको २९.३८ प्रतिशत अर्थात् ५६ करोड ७० लाख रुपैयाँ बराबरको १ सय रुपैयाँ अंकित दरका ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो ।

कम्पनीको हाल चुक्ता पूँजी १ अर्ब ९२ करोड ९७ लाख ५६ हजार १५० रुपैयाँ रहेको छ । २९.३८ प्रतिशत हकप्रद बिक्रीपश्चात् कम्पनीको चुक्ता पूँजी २ अर्ब ४९ करोड ६७ लाख ५६ हजार १५० रुपैयाँ पुग्नेछ ।

हकप्रद बिक्री गर्नका लागि कम्पनीले बैशाख २९ गते शेयर बुकक्लोज गरिसकेको छ । बैशाख २८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।

कम्पनीको हकप्रदमा असार ९ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । हकप्रदमा मुक्तिनाथ क्यापिटल, अपि पावर कम्पनी, ट्रेड टावर, थापाथली, तथा मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत दिन पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्