राजेन्द्र महतो उपप्रधानमन्त्री सहित जसपा सरकारमा जाने, कसले कुन मन्त्रालय पाउछँन् ? « Arthapath.com
२१ जेष्ठ २०७८, शुक्रबार

राजेन्द्र महतो उपप्रधानमन्त्री सहित जसपा सरकारमा जाने, कसले कुन मन्त्रालय पाउछँन् ?



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)काे महन्थ ठाकुर पक्ष सरकारमा सहभागि हुने भएका छन् । सिंगाे पार्टी सरकारमा जाने संभावना नरहेपछि ठाकुर खेमाले दल विभाजन गरेरै पनि प्रधानमन्त्री केपी शर्मा ओलीले नेतुत्व गरेको सरकारमा जाने निर्णय गरेकाे हाे ।

जसपाका वरिष्ठ नेता राजेन्द्र महतो उपप्रधान तथा शहरी विकास मन्त्री बन्ने भएका छन्। शरदसिंह भण्डारीले उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालय र अनिल झाले खानेपानि मन्त्रालय पाउने भएका छन्। लक्ष्मणलाल कर्णले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, विमल श्रीवास्तवले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पाउने छन्। चन्दा चौधरीले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र एकबाल मियाले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाउने भएकाे ठाकुर पक्षले जनाएको छ ।

यससँगै जसपाले दुई राज्यमन्त्री पनि पाउने भएको छ । चन्द्रकान्त चौधरी उर्जा र रेनुका गुरुङ महिला बालबालिका तथा समाज कल्याण राज्यमन्त्री बन्ने भएका छन् ।


प्रतिक्रिया दिनुहोस्