बढ्दो बजारमा पुनः सामान्य अंकले करेक्शन, १६ अर्ब १० करोड रुपैयाँको कारोबार « Arthapath.com
२७ जेष्ठ २०७८, बिहीबार

बढ्दो बजारमा पुनः सामान्य अंकले करेक्शन, १६ अर्ब १० करोड रुपैयाँको कारोबार



काठमाडौं । निरन्तर बढिरहेको बजारमा २ दिन करेक्शन भएको छ । नयाँ–नयाँ उचाई रकारोबारमा दैनिक उछाल आईरहेको बेला बुधबार र बिहीबार भने करेक्शन भएको हो । बिहीबार दिनभरिको उतारचढाव पछि नेप्सेमा दोहोरो अंकले करेक्शन भएको छ । बुधबार पनि करेक्शन भएको नेप्से बिहीबार सामान्य अंकले करेक्शन भएको हो । बढ्दै आएको नेप्सेमा सामान्य करेक्शनले कुनै असर नगर्ने सेयर विज्ञहरुले बताएका छन् । तर बजार माथि पुग्ने भएकाले सचेत भएर लगानी गर्न सेयर जानकारहरु बताउँछन् । निरन्तर २ दिन नेप्से करेक्शन भएपछि अर्काे साता आइतबार बजारले नयाँ रेकर्ड कायम गर्ने सेयर बिज्ञहरुले दावी गरेका छन् ।

साताको अन्तिम दिन नेप्से परिसूचक १.८० अंकले करेक्शन भएर २९४४.७८ अंकमा बन्द भएको छ । हिजो बुधबार नेप्से परिसूचक १३.५८ अंकले घटेर २९४६.५८ अंकमा बन्द भएको थियो ।

बिहीबार दिनभरिमा २२० कम्पनीको ३ करोड ६ लाख ६ हजार कित्ता सेयर १ लाख ५५ हजार पटक किनबेच हुँदा १६ अर्ब १० करोड ४ लाख १२ हजार रुपैयाँको कारोबार भएको छ । हिजो बुधबार दिनभरिमा २२१ कम्पनीको ३ करोड १३ लाख ५४ हजार कित्ता सेयर १ लाख ५५ हजार पटक किनबेच हुँदा १६ अर्ब ९९ करोड ७० लाख ९२ हजार रुपैयाँको कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्