५,२९३ जना संक्रमणमुक्त भए, ५९ जनाको ज्यान गयो « Arthapath.com
२७ जेष्ठ २०७८, बिहीबार

५,२९३ जना संक्रमणमुक्त भए, ५९ जनाको ज्यान गयो



काठमाडौं । बिहिबार पछिल्लो २४ घण्टामा थप ५ हजार २ सय ९३ जना कोरोना संक्रमणमुक्त भएका छन । यो संगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख १५ हजार ५ सय ९१ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप ३ हजार ७४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९०१ नमुनाको पीसीआर परीक्षणमा २ हजार ८७४ र ५ हजार ३३७ जनाको एन्टिजेन परीक्षणमा ८७५ जना गरी ३ हजार ७४९ जनामा संक्रमण पुष्टि भएको हो । यो संगै हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ६ लाख १९ हजार ४ सय १ पुगेको छ ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप ५९ जनाको ज्यान गएको छ । यो संगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार २ सय ३८ पुगेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्