गण्डकीका मुख्यमन्त्री पोखरेलले बनाए ५ सदस्यीय मन्त्रीपरिषद, दीपक मनाङेसहित चारै जनालाई विना विभागीय मन्त्री « Arthapath.com
२९ जेष्ठ २०७८, शनिबार

गण्डकीका मुख्यमन्त्री पोखरेलले बनाए ५ सदस्यीय मन्त्रीपरिषद, दीपक मनाङेसहित चारै जनालाई विना विभागीय मन्त्री



काठमाण्डौं । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ५ सदस्यीय मन्त्रीमण्डल गठन गरेका छन । मुख्यमन्त्री पोखरेल र मन्त्रीहरुले प्रदेश प्रमुख सीता पौडेलसामु पद तथा गोपनीयताको सपथ लिएका छन् ।


उनले नियुक्त गरेका चार मन्त्रीहरु सबै विनाविभागीय मन्त्रीहरु हुन ।विनाविभागीय मन्त्री बन्नेमा नेपाली कांग्रेसका कुमार खड्का, माओवादी केन्द्रकी मधु अधिकारी, जनता समाजवादी पार्टीका हरिशरण आचार्य र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दिपक मनाङे रहेका छन् ।

Tags :

प्रतिक्रिया दिनुहोस्