ग्लोबल आइएमई लघुवित्तमा तोकिएको समयमा साँवा ब्याज बुझाउने ऋणीले १० प्रतिशत ब्याज छुट पाउने « Arthapath.com
१ असार २०७८, मंगलवार

ग्लोबल आइएमई लघुवित्तमा तोकिएको समयमा साँवा ब्याज बुझाउने ऋणीले १० प्रतिशत ब्याज छुट पाउने



काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले आफना क्रणिहरुलाई १० प्रतिशत सम्म ब्याज छुट दिने भएको छ ।

कम्पनिले असार मसान्तभित्र बुझाउनु पर्ने सम्पूर्ण साँवा ब्याज बुझाएमा उक्त समयसम्म भएको ब्याजमा १० प्रतिशत छुट र जरिवाना तथा अन्य शुल्कमा पुरै छुट दिने जानकारी दिएको छ ।

कोरोना भाइरसको महामारीलाई मध्यनजर गदै कम्पनिले घरबाटै विभिन्न कारोबार गर्नको लागि ईसेवासंग सहकार्य गरेको छ भने ग्राहक सदस्यहरुको कारोबारको सूचना मोबाइलमा आउने गरी एसएमएस सुविधा ल्याएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्