सानिमा जनरल इन्स्योरेन्सले स्थगित साधारण सभा बोलायो, के–के छन् एजेण्डा ? « Arthapath.com
२ असार २०७८, बुधबार

सानिमा जनरल इन्स्योरेन्सले स्थगित साधारण सभा बोलायो, के–के छन् एजेण्डा ?



काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले तेस्रो बार्षिक साधारण सभा बोलाएको छ । कोरोना महामारीका कारण स्थगित गरिएको सभा पुनः बोलाएको हो । कम्पनीको अषाढ १ गते बसेको सञ्चालक समितिको बैठकले तेस्रो बार्षिक साधारण सभा अषाढ २३ गते बुधबार बोलाएको हो । कम्पनीको सभा केन्द्रिय कार्यालयमा बिहान साढे १० बजे भर्चुअल माध्यमबाट शुरु हुनेछ ।

यसअघि संचालक समितिको बैठकले जेठ ११ गते साधारण सभा बोलाएको थियो । तर कोरोनाका कारण स्थगित गरिएको थियो ।

Sanima-general


प्रतिक्रिया दिनुहोस्