ग्लोबल आईएमई लघुवित्तले लिखु गाउँपालिकालाई गर्यो आर्थिक सहयोग « Arthapath.com
२ असार २०७८, बुधबार

ग्लोबल आईएमई लघुवित्तले लिखु गाउँपालिकालाई गर्यो आर्थिक सहयोग



कठमाडौंं । ग्लोबल आईएमई लघुवित्तले कोरोना भाइरसको नियन्त्रण तथा उपचारको लागि आर्थिक सहयोग गरेको छ । लघुवित्तले नुवाकोटको लिखु गाउँपालीकामा रहेकोे चौघडा स्वास्थ्य चौकी तथा आईसोलेसन वार्डलाई २५ हजार रुपैंयाँ आर्थिक सहयोग गरेको छ ।

हिजो एक कार्यक्रम गदै लघुवित्तले लिखु गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठलाई २५ हजार रुपैयाँ हस्तान्तरण गरेको लघुवित्तका शाखा प्रबन्धक प्रदिप लामिछानेले बताएका छन ।

कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले कोरोना महामारीको समयमा लघुवित्ते समय अनुसार उपयुक्त ठाउाँ सहयोग गरेको बताएका छन ।दिनरात नभनि जनताको स्वास्थ्यमा खटिरहेको बेला यस्तो सहयोगले थप हौसला मिलेको उनले बताएका छन ।

लमजुङ्गको बेसिसहरमा केन्द्रिय कार्यलय रहेको लघुवित्तले आफनो देशभर रहेका १ सय २ ओटा शाखा मार्फत स्थानिय तहका अस्पताल र स्वास्थ्य चौकिहरुलाई २५ हजारका दरले सहयोग गदै आएको लघुवित्ते जानकारी दिएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्