शिवराज नगरपालिकालाई अशोक लेलैण्डको सुविधा सम्पन्न बारुणयन्त्र हस्तान्तरण « Arthapath.com
२ असार २०७८, बुधबार

शिवराज नगरपालिकालाई अशोक लेलैण्डको सुविधा सम्पन्न बारुणयन्त्र हस्तान्तरण



काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लिद्वारा प्रवद्र्धित अशोक लेलैण्डले कपिलबस्तुस्थित शिवराज नगरपालिकालाई सुबिधा सम्पन बारुणयन्त्र (दमकल) हस्तान्तरण गरेको छ । उक्त सुविधा सम्पन्न बारुणयन्त्र (दमकल) नेशनल फायर सेफ र आइएमई मोटर्सको संयुक्त प्रयासमा नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।शिवराज नगरपालिकाका प्रमुख नेत्रराज अधिकारीलाई उक्त दमकल आइएमई मोटर्स प्रालिका कर्पाेरेट सेल्स हेड सुशिल राणा थापाले हस्तान्तरण गरेका हुन ।

हस्तान्तरण कार्यक्रममा बोल्दै नगर प्रमुख अधिकारीले ‘ सुबिधासम्पन्न दमकल आफ्नो नगरपालिकामा पहिलो पटक खरिद गर्न पाउँदा अत्यन्त खुशी लागेको बताउँदै आगलागिका घटनामा नगरवासीको जीऊधनको रक्षा गर्न र क्षतिको रोकथामको लागि दमकल उपयोगी साबित हुने विश्वास लिएको बताएका छन ।

अशोक लेलैण्ड को १२१२ इकमेट मोडलको च्यासिसमा बनाईएको दमकलमा ४, ००० लिटर पानी अट्ने क्षमता रहनुका साथै दमकलमा ५०० लिटर फोम भर्न सकिन्छ । जसले गर्दा आगलागी भएको ठाउँमा छिटै र सजिलै धनजनको क्षती हुनबाट रोक्न सकिन्छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्