उपचारका लागि दिल्ली जानुअघि ओलीलाई खनालको आग्रह हिजोका सबै कुरा बिर्सेर पार्टी मिलाउनुस « Arthapath.com
२ असार २०७८, बुधबार

उपचारका लागि दिल्ली जानुअघि ओलीलाई खनालको आग्रह हिजोका सबै कुरा बिर्सेर पार्टी मिलाउनुस



काठमाडौं । पुर्वप्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ट नेता झलनाथ खनालले फुटको संघारमा पुगेको नेकपा एमालेको एकता कायम गर्न प्रधानमन्त्री ओलीसंग आग्रह गरेका छन ।

स्वास्थ्यमा समस्यादेखिएपछि उपचारको लागि दिल्ली स्थित एपोलो अस्पतालमा जानुअघि खनालले पार्टि अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओलीसंग हिजोका दिनमा भएका सबै कुरा बिर्सेर पार्टि मिलाउन आग्रह गरेका छन । केपि शर्मा ओलीले खनालसंग टेलिफोन मार्फत स्वास्थ्यलाभको कामना गरेका थिए । खनाललाई नर्भिक अस्पतालमा भेट्न पुगेका पार्टि महासचिव ईश्वर पोखरेललाई पनि पार्टि मिलाउन आग्रह गदै तपाई भविष्य भएको नेता हो पार्टि मिलाउनुस कमरेड भनेका थिए ।

साथै खनालले प्रधानमन्त्रीसंगको टेलिफोन वार्तामा म फर्केर आउँछु कि आउँदिन त्यो पनि थाहा छैन तर यो पार्टी एक रहोस् । तपाईं मुख्य ठाउँमा हुनुहुन्छ मिलाउनुस्, मेरो यही चाहान छ भनेर पार्टि एकता जोगाउन आग्रह गरेको एमाले ओलि निकट एक नेताले बताएका छन ।

स्वास्थ्यमा समस्या देखिएपछि केहि दिन अघि नर्भिक हस्पिटलमा भर्ना भएका खनाललाई स्वास्थयमा सुधार नआएपछि परिवारीक निर्णय अनुसार थप उपचारको लागि भारतको दिल्ली स्थित एपोलो अस्पतालमा लगिएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्