कोरोना कहरकाबीच होटलहरुका लागि ‘सत्कार’ सफ्टवेयर एप्लिकेसन बजारमा, ग्राहकले कतै नछोइ स्वचालित रुपमा होटल प्रयोग गर्न सक्ने « Arthapath.com
३ असार २०७८, बिहीबार

कोरोना कहरकाबीच होटलहरुका लागि ‘सत्कार’ सफ्टवेयर एप्लिकेसन बजारमा, ग्राहकले कतै नछोइ स्वचालित रुपमा होटल प्रयोग गर्न सक्ने



काठमाडौं । कोरोना संक्रमणको त्रासले पर्यटन क्षेत्र लामो समयदेखि बन्द छ । मानिसहरुले चाहेर पनि यात्रा गर्न नसक्दा र सामाजिक सुरक्षाको कारण बेला–बेलाामा भइरहेको बन्दा– बन्दीले गर्दा ठूलो लगानी भएका होटलहरु, देखी रेष्टुरेन्टहरु सम्म बन्द छन् । त्यसको मार लगानीकर्ताहरुलाई परेको छ । यस जोखिमबाट र्पयटन क्षेत्रलाई थोरै भएपनि राहत दिनको लागि द पिक हस्पाटिलिटीले नेपाली हस्पिटालिटीको क्षेत्रमा छोटो समयमा सफलता हासिल गर्न सफल द पिक हस्पाटिलिटीले टच फ्री सोलुशन र मोबाईल एप्लिकेसन्स मार्फत हाम्रो कोभिड विरुद्द को लडाईमा सहभागिता जनाउने प्रयास जारी राखेको छ । यो प्रयास नेपाल तथा सबै मुलुकहरुका लागि एउटा ठुलो अवसर हुन्छ भन्ने विश्वास लिइएको छ ।

कोभिडको संक्रमण विस्तार मुलभूत रुपमा शारीरिक निकटताले हुन्छ । पर्यटकहरु होटलमा जाँदा बुकिंग गर्नेदेखि रुपमा चेकइन गर्ने, फुड एण्ड वेभरेज अर्डर गर्ने लगायतका काम गर्न सात वटा टच प्वाइन्ट विभिन्न टच प्वान्ट हुन्छन् । अल्टिमेट सोलुसन्सले होटलमा बस्न जाँदा कतै छुनु नपर्ने (टच फ्रि) अनुभव हुने गरी यो सत्कार एप्लिकेसन विकास गरेको हो ।

पर्यटकहरुको लागि आगामी दिनमा ‘सुरक्षा नै आराम’ भन्ने मुल मन्त्रलाई सम्बोधन गरी यो एप विकास गरिएको छ । यो सिस्टमलाई बिक्री तथा बजार प्रबर्धनको काम पिक हस्पिटालिटी आफैंले गर्नेे छ । म्यानुअल टच प्लाइन्टलाई हटाएर डिजिटल तरिकाले काम गर्ने गरी विकास गरिएको एपले होटलको फ्रन्ट अफिस, मानव संसाधन, वित्त, स्टोर, सुरक्षा, हाउस किपिंग, फुड एण्ड बेभरेज, इन्जिनियरिंग लगायतका सबै डिभिजनहरुलाई एउटै एपमा एकिकृत गर्छ । मोवाइलमै होटल बुकिंगदेखि चेक इन गर्न, ढोका खोल्न, खानाहरु अडर गर्न, एसी चलाउन, टिभी खोल्न कुनै कुरा अडर गर्न वा स्वीच थिची राख्न पर्दैन ।

चेक आउट गर्न फोन वा रिसेप्सनमा लाइन लागेर पर्खिनु पर्दैन । यी सबै काम मोवाइल एप्लिकेसनबाटै होटलको ग्राहक आफैंले गर्न सक्छ । यो एप्लिकेसन चलाउन निकै सजिलो छ । सुरक्षाको सबै उपायहरु अपनाएकाले सुरक्षित छ । होटललाई म्यानुअलबाट डिजिटल बनाउन मद्दत गर्छ । होटल क्षेत्रमा लामो अनुभव हासिल गरेका विज्ञहरुको परामर्शमा यो एप्लिकेसन विकास गरिएको हो । अहिलेसम्म विभिन्न वेव एप्लिकेसनमार्फत होटलको बुकिंग गरेपछि सबै काम होटलको काउन्टरदेखि ग्राहक कर्मचारीले म्यानुअल्ली काम गर्नु पथ्र्यो । सत्कार एपमार्फत ग्राहकले सेल्फ बुकिंग, सेल्फ अर्डर गर्न सक्छ । ग्राहकले क्युआरमार्फत ढोका खोलेर होटलको कर्मचारीको सहयोग विना आफ्नो रुममा प्रवेश गर्न सक्छ ।

सत्कार एप नन स्टारदेखि फाइभ स्टार होटलसम्मका लागि उपयोगी हुने गरि विभिन्न भर्र्सनहरुमा उपलब्ध छ । यस एपलाई होटलले आफ्नो अनुकूल हुने गरी मोडिफाइ गरेर प्रयोग गर्न सक्छ । यसलाई होटलको आवश्यकता अनुसार बदल्न सकिन्छ । एस एपले पर्यटकको सुरक्षालाई सुनिश्चित गर्छ । होटलहरुको संचालन खर्च घटाउँछ । यसले मानवीय त्रुटीलाई घटाउँछ । सबै कुरा स्वचालित रुपमा हुने भएकाले होटलको जनशक्तिसमेत घट्ने छ । कागजी कामलाई यसले प्रतिस्थापन गर्ने छ । आन्तररिक राजस्वले प्रमाणित गरेको बिलिंग प्रणाली यसमा एकृकृत गरिएको छ । होटलको बिल ग्राहक स्वयंले निकाल्न सक्छ ।

नेपालमा विकास भएको यो एप विश्वब्यापी रुपमा हस्पिटालिटी उद्योगका लागि उपयोगी हुने गरी डिजाइन गरिएको छ । कोभिडको महामारी विश्वब्यापी रुपमा होटल क्षेत्रले ब्यहोरेकाले यस एपको माग विदेशमा समेत उत्तिकै हुने एप विकासकर्ता कम्पनीको दावी छ । नेपाली प्रोडक्टका रुपमा विदेशमा समेत यसले बजार लिने अपेक्षा छ । द पिक हस्पाटिलिटीले अन्तराष्टिय बजारमा समेत प्रबर्धन र मार्केटिंग गर्ने योजना बनाएको छ । सत्कार एप सार्बजनिक गरिएको अबसरमा यसको प्रवर्धनका लागि सफ्टवेयर एप्लिकेसन भारी छुटमा उपलब्ध गराइने छ ।


प्रतिक्रिया दिनुहोस्