रिलायबल लाइफको साधारण सभा आज हुँदै, ६० करोड रुपैयाँको आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्ने « Arthapath.com
४ असार २०७८, शुक्रबार

रिलायबल लाइफको साधारण सभा आज हुँदै, ६० करोड रुपैयाँको आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्ने



काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले तेस्रो वार्षिक साधारण सभा आज हुँदैछ । कम्पनीको जेठ १० गते बसेको संचालक समिति बैठकले तेस्रो साधारण सभा अषाढ ४ गते शुक्रबार बोलाएको थियो । कम्पनीको साधारण सभा प्रधान कार्यालय, ज्ञानेश्वर काठमाडौंमा भर्चुअल माध्यमबाट दिउँसो १ बजे हुरु हुनेछ ।

सभामा सर्वसाधारणलाई छुट्याइएको सेयर (आईपीओ) जारी गर्ने प्रस्तावलाई पारित गर्नेछ । रिलायबल नेपालले सर्वसाधारणमा ६० करोड रुपैयाँको ६० लाख कित्ता आईपीओ जारी गर्नेछ । आईपीओ बिक्रीपछि चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

त्यस्तै, सभामा संचालक समितिको तेस्रो वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । लेखापरीक्षकको प्रतिवेदन माथि छलफल गरी पारित गरिनेछ । त्यस्तै, आर्थिक वर्ष २०७६–०७७ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक पनि निर्धारण गरिनेछ भने संचालक नियुक्तिको अनुमोदन पनि गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्