अपाङ्गता परिवारलाइ हाम्रो परिवार राम्रो परिवारको साथ « Arthapath.com
४ असार २०७८, शुक्रबार

अपाङ्गता परिवारलाइ हाम्रो परिवार राम्रो परिवारको साथ



धादिङ्ग । शारीरिक अपाङ्गता तथा गरिब परिवारलाइ हाम्रो परिवार राम्रो परिवारले खाध्यान्न तथा शैक्षिक सामग्री प्रदान गरिएको छ । धादिङ्ग गल्छि गाउँपालिका–८ चरिपौवामा बस्दै आएका ललित तमाङ्ग आफै पनि अपाङ्ग रहेका छन्। उनकाे दुइ सन्तान र श्रीमती पनि सँगै बस्छन्। तर आफ्नो दुबै सन्तान पनि अपाङ्ग नै रहेको उनि बताउछन्।

उपचारमा पनि आफूसँग आर्थिक अवस्था नाजुक रहेको उनले नताए। हाल उपचारका तथा खाध्यान्नको लागि आर्थिक अभाव भएपछि हाम्रो परिवार राम्रो परिवारबाट खाध्यान्न तथ शैक्षिक सामग्री वितरण गेरेको हाम्रो परिवार राम्रो परिवारका सचिव दिपेन्द्र खण्डकाले जानकारी दिनुभयो।

खण्डकालर निषेधाज्ञाले समस्यामा परेका, भोकै रहेको र अपाङ्गता परिवारका बारेमा जानकारी आएअनुसार सोही ठाउँमा गएर त्याहाका युवाहरुकोसाथमा राहत वितरण गरेका छन्। हाम्राे परिवार राम्राे परिवारकाे यो चौध्यौँ कामकाे लागि ईन्दु प्रर्धानकाे जन्मदिनकाे अवसरमा उहाँले पनि सहयाेग गर्नुभएको थियो । उक्त सामाग्रीहरू त्यस सँस्थाको सचिव दिपेन्द्र खण्डका कोषाध्यक्ष साेनि बस्नेतलगायत टिमबाट सहयाेग हस्तान्तरण गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्