आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि केन्द्रिय बैंकले माग्यो सुझाव « Arthapath.com
४ असार २०७८, शुक्रबार

आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि केन्द्रिय बैंकले माग्यो सुझाव



काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी वर्षको मौद्रिक नीतिका लागि सुझाव पेस गर्न सरोकारवाला पक्षहरुलाई आग्रह गरेको छ । विगतमा राष्ट्र बैंकले सार्वजनिक कार्यक्रम गरेरै यस्ता सुझाव माग गर्ने गरेको थियो । खासगरी बैंक तथा वित्तीय संस्था र निजी क्षेत्रका छाता संस्थासँग राष्ट्र बैंकले सुझाव माग्ने गरेको छ ।

अन्तरराष्ट्रिय ब्यापारमा संलग्न व्यवसायी र केही अर्थविद्हरुसँग पनि केन्द्रिय बैंकले सुझाव लिने गरेको छ । यो वर्ष सरकारले वितरणमुखि बजेट ल्याएको छ । यसले महामारीको चपेटामा परेको अर्थतन्त्रलाई त्राण दिन सहयोग पुग्ने अपेक्षा सरकारी अधिकारीहरुको छ ।

सामान्य अवस्थामा वितरणमुखि र विस्तारकारी बजेट आएका बेला राष्ट्र बैंकले मूल्य नियन्त्रणका निम्ति केही कडा मौद्रिक नीति ल्याउने प्रचलन छ । यल्पि, नेपालमा त्यस्तो अभ्यास खासै पाइन्न । तर अहिले महामारीको चपेटामा परेको अर्थतन्त्र उकास्न बजेटका साथसाथै मौद्रिक नीतिले पनि खुकुला प्रावधानहरु समेट्नुपर्ने माग उठिरहेको छ ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पनि आगामी वर्षको मौद्रिक नीतिले आर्थिक गतिविधीलाई बढावा दिन सहयोग गर्ने बताएका छन् । बजेटको खुलेर प्रशंसा गरेको निजी क्षेत्रका पदाधिकारीले पनि मौद्रिक नीतिमा थप सुविधाको अपेक्षा गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्