शुक्रबार थप २७६८ जनामा कोरोना संक्रमण, ४४ जनाको ज्यान गयो « Arthapath.com
४ असार २०७८, शुक्रबार

शुक्रबार थप २७६८ जनामा कोरोना संक्रमण, ४४ जनाको ज्यान गयो



काठमाडौं । पछिल्लो २४ घण्टामा २,७६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७५६९ जनामा भएको पीसीआर परीक्षणमा १९६३ र ५४६८ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०५ गरी २,७६८ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ४ हजार २० जना कोरोना संक्रमणमुक्त भएका छन । यो संगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ४९ हजार ६ सय ८२ पुगेको छ ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ४४ जनाको मृत्यु भएको छ । यो संगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार ६ सय ४१पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्