कामना सेवा विकास बैंकको १२५ औं शाखा ललितपुरको नख्खु दोबाटोमा « Arthapath.com
६ असार २०७८, आईतवार

कामना सेवा विकास बैंकको १२५ औं शाखा ललितपुरको नख्खु दोबाटोमा



काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं ३ अन्तर्गत ललितपुर जिल्लाको ललितपुर महानगरपालिका वडा नं. १३ स्थित नख्खु दोबाटोमोे आफ्नो १२५औ शाखा कार्यालय स्थापना गरी कारोबार सुरु गरेको छ ।

हालको विषम परिस्थितिलाई मध्यनजर गरी बैंकका अध्यक्ष सुदिप आचार्यले भिडियो कन्फरेन्स (भच्र्यूृवल) माध्यमद्वारा उक्त शाखाको उद्घाटन गरेको बैंकले जनाएको छ ।

कार्यक्रममा बोल्दै अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकको वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा प्रकाश पारेका थिए ।बैंकले व्यवसाय विस्तारको क्रममा समय सापेक्ष थप नवीनतम् प्रोडक्टहरु तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै जाने समेत उनले बताएका छन ।

बैंकले १२५ शाखा, १ विस्तारीत काउन्टर तथा ६६ वटा ATM मार्फत ग्राहकहरुलाई निरन्तर सेवा प्रदान गदै आएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्