धितोपत्र बोर्ड बिरुद्दको मुद्दामा सर्वोच्चको कारण देखाउ आदेश (आदेशसहित) « Arthapath.com
६ असार २०७८, आईतवार

धितोपत्र बोर्ड बिरुद्दको मुद्दामा सर्वोच्चको कारण देखाउ आदेश (आदेशसहित)



काठमाडौं । नेपाल धितोपत्र बोर्ड बिरुद्द सर्वोच्च अदालतमा परेको मुद्दामा कारण देखाउ आदेश जारी भएको छ । न्यायधीश डा. कुमार चुडालको एकल इजलाशले कारण देखाउ आदेश जारि गर्दै अन्तरिम आदेश नहुने फैसला गरेको हो ।

अदालतले निवेदकको माग बमोजिम आदेश किन जारि हुनु नपर्ने हो ? आदेश जारी हुनु नपर्ने आधार कारण सहित आदेश प्राप्त भएको १५ दिन भित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो । अदालतले अन्तरिम आदेश भने दिएको छैन । अधिवक्ता रविन बोहजु र अधिवक्ता सुरेन्द्र कोंजुले बोर्ड बिरुद्द रिट दायर गरेका थिए ।

बोर्डले मंगलबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै बोर्डले गठन गरेको अध्ययन समितिले ५१ वटा कम्पनीहरुको सेयर मूल्य चलखेल गरेर वृद्धि गरिएको प्रारम्भिक रिपोर्ट तयार पारेको जानकारी दिएको थियो । बोर्डले जोखिम युक्त देखिएका ५१ वटा सूचीकृत संगठित संस्थाहरू छनोट गरी बोर्डबाट प्रारम्भिक अध्ययन गरिएको बोर्डले जनाएको थियो ।

Sarbochha-board


प्रतिक्रिया दिनुहोस्