आइतबार थप २,४४२ जनामा कोरोना संक्रमण, ३४५६ जना संक्रमणमुक्त भए « Arthapath.com
६ असार २०७८, आईतवार

आइतबार थप २,४४२ जनामा कोरोना संक्रमण, ३४५६ जना संक्रमणमुक्त भए



काठमाडौं । आइतबार पछिल्लो २४ घण्टामा २ हजार ४ सय ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ६६७७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १४२१ र ४२४९ एन्टिजेन परीक्षणमा १०२१ जना गरी २४४२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी वितेको २४ घण्टामा थप ३ हजार ४ सय ५६ जना संक्रमणमुक्त भएका छन । यो संगै कोरोना निको हुनेको संख्या ५ लाख ५६ हजार ७ ९८ जना पुगेको छ ।

त्यसैगरी पछिल्ले २४ घण्टामा थप ५१ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन । यो संगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार ७ सय २६ जना पुगेको छ । हाल देशभर ५५ हजार ३ सय ५२ जना संक्रिय संक्रमित रहेका छन ।

Tags :

प्रतिक्रिया दिनुहोस्