सोमबार सुन ४०० रुपैयाँले बढ्यो, तोलामा कति ? « Arthapath.com
७ असार २०७८, सोमबार

सोमबार सुन ४०० रुपैयाँले बढ्यो, तोलामा कति ?



काठमाडौं । हिजो आइतबार एकैदिन ८ सय रुपैयाँले घटेको सुन आज भने उकालो लागेको छ । आज सोमबार सुन ४ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ९० हजार ४ सय र तेजावि सुन ८९ हजार ९ सय रुपैयाँ कारोबार भएको नेपाल सुनचाँदी व्यपसायी महासंघले जनाएको छ ।

हिजो आइतबार छापावाला सुन प्रतितोला ९० हजार र तेजावि सुन ८९ हजार ५ सयमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदी पनि ५ रुपैयाँले बढेको छ । आज चाँदी ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ९५ रुपैयाँ कायम भएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्