पन्चकन्या गाउँपालिका वडा न २ को वडा कार्यालयमा कांग्रेसले लगाए अनिश्चितकालीन तालाबन्दी « Arthapath.com
७ असार २०७८, सोमबार

पन्चकन्या गाउँपालिका वडा न २ को वडा कार्यालयमा कांग्रेसले लगाए अनिश्चितकालीन तालाबन्दी



काठमाडौं । नुवाकोटको पन्चकन्या गाउँपालिका वडा नं. २ को वडा कार्यालयमा अनिश्चितको लागि ताला लगाइएको छ ।

गएको चैत २४ गते वडा कार्यलयबाट हराएको सामाजीक सुरक्षा भत्ता ५० लाख र अन्य ३ लाख सहित गरी ५३ लाख हराएको लगभग ३ महिना हुदासम्म पनि दोषी पत्ता लगाउन नसकेको भन्दै नेपाली कांग्रेस पञ्चकन्या गाउँपालिका वडा नम्बर २ कबिलासले कार्यालयमा तालाबन्दी गरेको हो ।

नेपाली कांग्रेस नुवाकोटका जिल्ला कमिटि सदस्य बैकुन्ठ मिश्रका अनुसार कार्यलयबाट हराएको ५३ लाख चोरी गर्ने पत्ता लगाई दोषिलाई कार्वाहीको माग र सामाजिक सुरक्षा भत्ता तत्काल वितरण गर्न प्रशासनलाई दबाब दिन वडा कार्यालयमा ताला लगाइएको बताएका छन । उनीहरुले दोषि पत्ता लगाई कारवाही र सामाजिक सुरक्षा भत्ता उपलब्ध नभएसम्म अनिश्चितकालीन तालावन्दि गर्न जनाएका छन ।

उक्त रकम चोरी गर्ने पत्ता लगाउनको लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक छानविन समिति पनि गठन गरेको थियो । मन्त्रालयद्रारा गठित छानविन समितिले निकालेको निष्कर्षपछि प्रमुख प्रशासकिय अधिकृत नरेश पुडासैनीलाइ मन्त्रालय तानेर घटनाको थप अनुसन्धान गरीरहेको स्रोतले जनाएको छ ।पन्चकन्या गाउँपालिका वडा न २ को वडा कार्यालयमा कांग्रेसले लगाए अनिश्चितकालीन तालाबन्दी

No photo description available.

Tags :

प्रतिक्रिया दिनुहोस्