फेरी बढ्यो सुन, तोलामा कति ? « Arthapath.com
८ असार २०७८, मंगलवार

फेरी बढ्यो सुन, तोलामा कति ?



काठमाडौं । आज मंगलबार एकैदिन सुन तोलामा ६ सयले बढेको छ । आज लगातार दोस्रो दिन सुन ६ सयले बढेर छापावाला सुन प्रतितोला ९१ हजार र तेजावि सुन प्रतितोला ९० हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी आज चाँदी ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यसैगरी हिजो सोमबार ४ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ९० हजार ४ सय र तेजावि सुन ८९ हजार ९ सय रुपैयाँ कारोबार भएको थियो । भने चाँदी ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ९५ रुपैयाँ कायम भएको थियो ।

त्यसैगरी आइतबार छापावाला सुन तोलमा एकैदिन ८ सयले घटेर प्रतितोला ९० हजार र तेजावि सुन प्रतितोला ८९ हजार ५ सय रुपैँयामा कारोबार भएको थियो । भने चाँदी पनि एकैदिन ५० रुपैँयाले घटेर प्रतितोला १ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

Tags :

प्रतिक्रिया दिनुहोस्