रिलायबल नेपाल लाइफको आईपीओलाई ‘केयर एनपि ट्रिपल बि’ रेटिङ पायो « Arthapath.com
८ असार २०७८, मंगलवार

रिलायबल नेपाल लाइफको आईपीओलाई ‘केयर एनपि ट्रिपल बि’ रेटिङ पायो



काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेयन्स कम्पनीले प्राथमिक शेयर (आईपीओ) निष्काशनको लागि ‘केयर एनपि ट्रिपल बि’ रेटिङ पाएको छ । केयर रेटिङ नेपालले गरेको इस्युअर रेटिङ अनुसार कम्पनीले केयर एनपी ट्रिपल बि रेटिङ प्राप्त गरेको हो ।

सर्वसाधारणको आइपीओप्रति आकर्षण बढिरहेको समयमा कम्पनीले ६० करोड रुपैयाँको साधारण शेयर (आईपीओ) निष्काशन गर्ने तयारी गरेको छ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा रुपमा सिभिल क्यापिटल रहेको छ ।

कम्पनीको हालको चुक्तापूँजि १ अर्ब ४० करोड रुपैयाँ रहेको छ भने आईपीओ निष्कासन पश्चात् कम्पनीको चुक्ता पुँजि २ अर्ब रुपैयाँ पुग्नेछ । कम्पनीले आईपीओ निष्काशन गर्ने धितोपत्र बोर्ड र बीमा समितिबाट स्वीकृति पाएपछि मात्र आईपीओ निष्काशन गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्