११.५७ प्रतिशत लाभांश पारित गर्न सगरमाथा इन्स्योरेन्सले साधारण सभा अषाढ ३० गते बोलायो, बुक क्लोज कहिले ? « Arthapath.com
९ असार २०७८, बुधबार

११.५७ प्रतिशत लाभांश पारित गर्न सगरमाथा इन्स्योरेन्सले साधारण सभा अषाढ ३० गते बोलायो, बुक क्लोज कहिले ?



काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले २४ औं बार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको अषाढ ८ गते बसेको संचालक समितिको बैठकले २४ औं वार्षिक साधारण सभा अषाढ ३० गते बुधबार प्रधान कार्यालय नक्साल काठमाडौंमा बिहान ११ बजे बोलाएको हो ।

सभामा कम्पनीको हालको चुक्ता पूँजीबाट ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५७८९ प्रतिशत नगद लाभांश गरी कूल ११.५७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनिको चुक्ता पूँजी १ अर्ब १२ लाख २३ हजार रूपैयाँको ११ प्रतिशत बराबरको ११ करोड १ लाख ३४ हजार रूपैयाँ बराबरको बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ११ करोड १३ लाख ५७ हजार रूपैयाँ पुग्नेछ ।

त्यस्तै, सभाले कम्पनीबाट सामाजिक संघ संस्थालाई आर्थिक सहायता गर्दा सिमा नाघेको हुँदा सो अन्तर्गत भएको खर्च १६ लाख रुपैयाँलाई छलफल गरि पारित गर्नेछ । कम्पनीको आर्थिक बर्ष २०७७–०७८ को लेखापरिक्षण गर्न लेखा परिक्षक नियुक्त गरि पारिश्रमिक तोक्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनार्थ अषाढ १७ गतेदेखि अषाढ ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले अषाढ १६ गतेसम्म कायम सेयरधनीले मात्रै साधारण सभामा भाग लिन पाउनेछन् ।

Sagaramatha


प्रतिक्रिया दिनुहोस्