युनाईटेड फाईनान्स नबिल बैंकमा गाभिएपछि सीईओ मिश्रले बैंकिङ क्षेत्रबाट लिए सन्यास, अब कहाँ जालान् ? « Arthapath.com
९ असार २०७८, बुधबार

युनाईटेड फाईनान्स नबिल बैंकमा गाभिएपछि सीईओ मिश्रले बैंकिङ क्षेत्रबाट लिए सन्यास, अब कहाँ जालान् ?



काठमाडौं । नेपालको ठूलो र निजी क्षेत्रको पुरानो बैंक नबिल बैंकले आफ्नो पारिवारीका लगानी रहेको युनाईटेड फाईनान्सलाई यही असार मसान्तभित्रै गाभ्ने तयारी गरेको छ । सबैभन्दा ठूलो सञ्जाल रहेको युनाईटेड फाईनान्सको सीईओ रहेका अजय मिश्रले आफ्नो १६ वर्षे बैंकिङ करिअर छाडेको घोषणा गरेका छन् । 

अस्थिर बैङ्करको परिचय बनाएका मिश्रले आधा दर्जनभन्दा बढी बैंक वित्तिय संस्थामा काम गरेका छन् । २०४७ सालमा प्राविधिक शिक्षा तथा तालिम व्यवसायिक परिषदमा लेखा अधिकृतबाट सरकारी करिअर शुरु गरेका मिश्र पछिल्लो समय युनाईटेड फाईनान्सको सीईओबाट बाहिरिएका छन् । मिश्रले शिक्षा मन्त्रालयमा शाखा अधिकृत र नेपाल टेलिभिजनमा समेत काम गरेको अनुभव रहेको छ । 

माछापुच्छ्रे बैंकबाट सहायक प्रबन्धकबाट बैंकिङ करिअर शुरु गरेका मिश्रसँग क बर्गको वाणिज्य बैंक, ख बर्गको विकास बैक, ग बर्गको फाइनान्समा काम गरेको अनुभव छ । 

युनाईटेड फाईनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजयकुमार मिश्रले बैंकिङ क्षेत्रबाट सन्यास (अवकाश) लिएको घोषणा गरेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूले बैंकिङ क्षेत्र छोडेको जनाएका छन् । उनले लेखेका छन्, “सीइओको रुपमा म ६ वटा मर्जर र एक्वीजिसन प्रक्रियामा सहभागी भएँ र यो नै मेरा लागि अन्तिम हो भन्ने मलाई विश्वास छ, मैले बैंकिङ क्षेत्रबाटै अवकाश लिने निर्णय गरेको छु ।”  साथै उनले नेपाली बैंकिङ क्षेत्रबाट अवकाश लिने भनेपनि आगामी दिनमा अन्य क्षेत्रमा काम गर्ने बताएका छन् । उनले भने, “छिट्टै फरक उद्योगमा चौधौं अध्याय सुरु गर्नेछु,  विभिन्न क्षेत्रमा ३२ बर्षे करिअरमा ५० प्रतिशत अर्थात् १६ वर्ष बैंकिङ क्षेत्रमै व्यतीत गरेको छु ।”

गोरखा फाइनान्स र प्रुडेन्सियल फाईनान्स मर्जर काण्डमा तत्कालिन सीईअाे भक्तप्रल्हाद पाण्डे मुछिएका थिए । पछि मिस्त्र अाएपछि उनकाे नेतृत्वमा प्रुडेन्सियल फाईनान्स एनएमबी बैंकमा मर्ज भएको थियो । पछि क्षेत्रिय स्तरको एकता विकास बैंकलाई सिद्धार्थ डेभलपमेन्ट बैंकमा र सिद्धार्थ डेभलपभेन्ट बैंकलाई जनता बैंकमा सफल मर्जरमा सहभागी मिश्र मर्जरकै कारण बैंक छाड्नेमा पर्छन । 


प्रतिक्रिया दिनुहोस्