नेपाल चेम्वर अफ कमर्सको कार्य समिति सदस्यमा राजबंशी मनोनित « Arthapath.com
९ असार २०७८, बुधबार

नेपाल चेम्वर अफ कमर्सको कार्य समिति सदस्यमा राजबंशी मनोनित



काठमाडौं । नेपाल चेम्वर अफ कमर्सको कार्य समिति सदस्यमा रुपक राजवंशी मनोनित भएका छन ।उनलाई ३ वर्षे कार्यकालका लागि नेपाल चेम्वर अफ कमर्सका अध्यक्षराजेन्द्र मल्लले आज मनोनयन पत्र प्रदान गरेका थिए ।

सिद्धार्थ वनस्थली इन्स्टिच्युटका प्रिन्सिपल रुपक राजबंशीको शैक्षिक क्षेत्रमा लामो अनुभव हाशिल गरेका छन । अध्यक्ष मल्लले चेम्वरको सामाजिक तथा वव्यवसायीक भूमिका अभिवृद्धि गर्न राजबंशीले उल्लेखनीय भूमिका निर्वाह गर्ने बताएका छन ।

उक्त अवसरमा रुपक राजवंशीले नेपाल चेम्वर जस्तो व्यवसायीहरुको अग्रणी संस्थाको सदस्य पदमा मनोनित हुन पाएकोमा गौरवान्वित महशुस भएको बताउदै चेम्वरको सामाजिक कार्यमा अग्रसर भइ कार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

Tags :

प्रतिक्रिया दिनुहोस्