बुधबार ५२ जनाको ज्यान गयो, थप १५११ जनामा कोरोना संक्रमण « Arthapath.com
९ असार २०७८, बुधबार

बुधबार ५२ जनाको ज्यान गयो, थप १५११ जनामा कोरोना संक्रमण



काठमाडौं । बुधबार पछिल्लो २४ घण्टामा थप ५२ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन । यो संगै कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८ हजार ८ सय ९४ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार वितेको २४ घण्टामा थप १ हजार ५ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा सात हजार ४ सय ६१ जनामा गरिएको पीसीआर परीक्षण थप १ हजार ५ सय ११ जनामा कोरोना संक्रमण देखिएको हो । त्यसैगरी चारहजार ९५३ जनामा गरिएको एन्टिजेन परीक्षणमा नौ सय दश जनामा सङ्क्रमण पुष्टि भएको छ ।

प्छिल्लो २४ घण्टामा ३ हजार ५ सय ५८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन । यो संगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ६८ हजार ४ सय ४० जना पुगेको छ । हाल देशभर ५० हजार ५ सय २० जना संक्रिय संक्रमित रहेका छन । हाल देशभर ४ सय २५ जना क्वारेन्टीनमा रहेका छन ।

Tags :

प्रतिक्रिया दिनुहोस्