सन नेपाल लाइफले गर्यो १० लाख बीमा दाबी भुक्तानी « Arthapath.com
१० असार २०७८, बिहीबार

सन नेपाल लाइफले गर्यो १० लाख बीमा दाबी भुक्तानी



काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १० लाख ४३ हजार रुपैयाँ बीमा दावि भुक्तानी गरेको छ ।

इन्स्योरेन्सको बुर्तिबाङ शाखा कार्यलय मार्फत ढोरपाटन नगरपालीका वडा नम्बर ९ बोबाङकी केशमाया पुन घर्तीको हकवालालाई कम्पनिले १० लाख ४३ हजार रुपैयाँको बिमा दावि भुक्तानी गरेको छ ।

उनको गत पुस २८ गते दुर्घटनाका कारण ज्यान गएको थियो । उनले दुई किस्ता बीमा शुल्क बापत ७० हजार ४ सय १० रुपैयाँ मात्र तिरेको भएपनि उनको हकवालालाई कम्पनिले बिमा बापतको १० लाख ४३ हजार रुपैयाँ बिमा दावि भुत्तानी गरेको कम्पनिले जनाएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्