२५१८ सय संक्रमणमुक्त, थप २४७४ जनामा कोरोना संक्रमण पुष्टि « Arthapath.com
१० असार २०७८, बिहीबार

२५१८ सय संक्रमणमुक्त, थप २४७४ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं । बिहिबार थप २ हजार ४ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १२ हजार २३२ जनाको स्वाब परीक्षण गर्दा दुई हजार ४७४ जनामा संक्रमण देखिएको पुष्टि भएको हो । जसमा सात हजार २३५ जनाको पीसीआर परीक्षण गर्दा एक हजार ५ सय ७७ जनामा र चार हजार ९ सय ७७ जनाको एन्टिजेन परीक्षण गर्दा ८ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी वितेको २४ घण्टामा थप २४ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८ हजार ९ सय १८ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २५ सय १८ जना कोरोना संक्रमणमुक्त भएका छन । यो संगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ७० हजार ९ सय ५८ जना पुगेको छ । हाल देशभर ४९ हजार ५ सय ५५ जना संक्रिय संक्रमित रहेका छन भने ३ सय ८८ जना क्वारेन्टीनमा रहेका छन ।

Tags :

प्रतिक्रिया दिनुहोस्