२१ महिनादेखि रोकिएको स्नातक तह प्रथम वर्षको परीक्षा साउन ११ गतेदेखि « Arthapath.com
११ असार २०७८, शुक्रबार

२१ महिनादेखि रोकिएको स्नातक तह प्रथम वर्षको परीक्षा साउन ११ गतेदेखि



काठमाडौं । २१ महिनादेखि स्थगित भएको स्नातक प्रथम वर्षको परिक्षा साउन ११ गतेबाट सुरु हुने भएको छ । कोरोना भाइरस संक्रमणका कारण स्थगित परिक्षा साउन गतेबाट हुने त्रिवि परिक्षा नियन्त्रक कार्यलयले परिक्षा कार्यतालिका सार्वजनिक गदै जानकारी दिएको छ ।

कोरोना भाइरस संक्रमणको असरलाई मध्यनजर गदै परीक्षार्थीले आफूले छनोट गरेको परीक्षा केन्द्रमा परीक्षा दिन पाउने व्यवस्था गरेको त्रिविले जनाएको छ ।

कोरोना संक्रमणका कारण ४ र ३ वर्षे स्नातक तह प्रथम वर्षको मानविकी, शिक्षाशास्त्र र व्यवस्थापन संकाय एवं विज्ञान तथा प्रविधि अध्ययन संस्थानका नियमित, आंशिक, मौका एवं प्राइभेट ९आंशिक० परीक्षा दिने परीक्षार्थीहरुको परीक्षा २१ महिनादेखि स्थगित भएको थियो ।

त्यसैगरी परिक्षा फारम भर्न छुटेका विद्यार्थीहरुलाई त्रिवि परीक्षा नियन्त्रण कार्यलयले असार १५ सम्म फारम भर्ने समय दिएको छ । साथै प्राइभेट (आंशिक) परीक्षार्थीहरुले पनि असार १५ गतेभित्र अनलाईन परिक्षा फारम सक्न पर्ने त्रिवि परिक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।

यस्तो छ त्रिविले जारी गरेको सुचना :

Tags :

प्रतिक्रिया दिनुहोस्