आइतबार थप ३४ जनाको ज्यान गयो, १९२० जनामा कोरोना संक्रमण « Arthapath.com
१३ असार २०७८, आईतवार

आइतबार थप ३४ जनाको ज्यान गयो, १९२० जनामा कोरोना संक्रमण



काठमाडौं । आइतबार पछिल्लो २४ घण्टामा थप ३४ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय २० जना कोरोना संत्रमित भएका छन ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६००० जनामा गरिएको पीसीआर परीक्षणमा १३५३ र ३८३६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५६७ जना गरी १९२० जनामा संक्रमण पुष्टि भएको हो ।

वितेको २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३००७ रहेको छ । यो संगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ८४ हजार ३ सय ३४ जना पुगेको छ ।

कोरोनासंक्रमण देखिएका मध्ये काठमाडौं उपत्यकमा ४२४ जना छन। जसमा काठमाडौं जिल्लामा २९२, ललितपुरमा १०० र भक्तपुरमा ३२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्