कृषि विकास बैंकले ल्यायो १० लाखसम्मका क्रेडिट कार्ड, यस्ता छन् विशेषता « Arthapath.com
१५ असार २०७८, मंगलवार

कृषि विकास बैंकले ल्यायो १० लाखसम्मका क्रेडिट कार्ड, यस्ता छन् विशेषता



काठमाडौं । कृषि विकास बैक लिमिटेडले न्युनतम २५ हजारदेखि १० लाख सम्मको रुपैयाको कारोबार गर्न मिल्ने क्रेडिट कार्ड ल्याएको छ ।हालसम्म ७८ वटा कार्डहरु जारी गरेसंगै नेपालका सरकारीस्तरका बैकहरुमा यो सेवा प्रदान गर्ने पहिलो बैक भएको छ ।

कार्यालयको कार्यक्षेत्र भित्र बसोवास गरी दिगो आयश्रोत भएका नेपाली नागरिकहरु, यस बैकका पूर्व कर्मचारीहरु तथा बैकका कर्मचारीहरुले यो सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छन ।

उक्त कार्डमा EMV Compliance, Contactless Payment Features, नेपाल र भारतमा चल्ने, एइक् POS Terminal मार्फत विभिन्न वस्तु तथा सेवा खरिदको भुक्तानी गर्न सकिने आदि विशेषताहरु रहेका छन् । साथै बैंकले क्रेडिट कार्ड सुविधा लिन आफूलाई पायक पर्ने कृषि विकास बैंक लि.का शाखा कार्यालयहरुमा सम्पर्क राख्न सम्पूर्ण ग्राहकहरुमा अनुरोध गरेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्